सदियौदेखि चल्दै आएको मौलिक खेलहरु मध्येको कुस्ती खेल दिनप्रतिदिन हराउँदै गएको छ । प्रायःजसो गा्रमिण भेगमा खेलिने मौलिक खेलहरु मध्येको कुस्ती खेल वीरगंज महानगरपालिका वाड नं. १३ राधेमाईटोलको श्रीरामजानकी मंदिर अगाडीको फिल्डमा खेलिरहेका खेलाडीहरु आवश्यक पर्ने सामाग्रिको अभावले मारमा परेका छन् ।
तराई मधेसको शानको रुपमा चिनिने कुस्ती खेललाई निरन्तरता दिन विभिन्न सरोकारवालाहरुले आश्वासन दिएता पनि व्यवहारमा भने कसैले पनि पहल नगरेको खेलाडीहरुको दुःखेसो छ । अहिलेको आधुनिकतासंगै प्राय ः मानिस आर्थिक लाभ लिन सक्ने काममा मात्र ध्यान दिएकाले आफ्नै संस्कुति, भेषभूषलाई जगेर्ना गराउने कुस्ती खेलप्रति सम्बन्धित निकायको ध्यान केन्द्रित हुन नसकेको कुस्ति खेलाडी मदन यादवको गुनासो छ । वीरगंजको राधेमाई टोलस्थित श्रीरामजानकी मंदिरको प्राङ्गणमा विगत डेढ वर्षदेखि हुँदै आएको कुस्ती खेलमा महानगरपालिकाले सहयोग गर्ने विभिन्न आश्वासन दिए पनि खेलाडीहरुका लागी सहयोगको नाममा ट्रयाक सुट दिने बाहेक केही नगरेको उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत कुस्ती खेल खेली मुलुकको स्वाभिमान र गरिमा बढाए पनि खेल भने धोरे निवासी कुस्ती खेलका गुरु नरेश गिरी बाबाको सहयोगमा निरन्तर भइरहेको खेलाडीहरुले बताए । कुस्ती हुने ठाउँमा माटो भर्नुको साथै आफू सक्दो ईच्छाले राधेमाई निवासी चनदन मिश्राले बेला बेलामा सहयोग गरिरहेको उनीहरुको भनाइ छ । वीरगंजका यस कुस्ती आखाडाबाट लडेर महेन्द्र पुलिस क्लबका भागवत साहले इन्डोनेसियामा च्यामपियन भएर पुरस्कृत समेत भए तर स्थानीयस्तरमा उनको सम्मान र खेलप्रतिको सम्मान हुन सकेको छैन ।
पर्साको ग्रामिण भेगका विभिन्न ठाउँबाट कस्ुती लड्न आउने खेलाडी जस्तै कुस्ती संचालक मदन यादव समेत एक समय भौतारीदै अरुको खेत खलियानमा कुस्ति सिक्न जान्थे । त्यस्तै दुःख अफठ्याराहरु अरुले नबेहोरुन भन्ने सोचका साथ कुस्ती सञ्चालन गरेको मदनको भनाई छ । अरु बाधा व्यवधान हटाउन उनले समेत सानै उमेरदेखि कुस्ती लड्दै आएकाले पकिस्तान, थाईल्याण्ड, श्रीलंका, मदरास लागयत अन्तराष्ट्रिय स्तरमा सात पटक कुस्ती लडेर तेस्रो हतको पुरस्कार पाउँन समेत सफल भएका हुन् ।
अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन सफल यस कुस्ती अखडालाई वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले अनुगमन गर्ने बेला कुस्ती हुने ठाउँमा कर्कटको घर बनाईदिने आवश्वासन दिएपनि हालसम्म एकपैसाको सुविधा नदिएको खेलाडीहरुको गुनासो छ । कुस्ती खेल तराई मधेसको ग्रामिण भेगमामात्र खेलिने हुँदा यसलाई नेपाल सरकारले उपेक्षा गरेको मदन यादवको आरोप छ ।
विश्वमा नै प्रख्यात भईरहेको खेलहरुमा मधेशको सान र संस्कृति झल्काउने कुस्ती लडाईमा सरकारको लापर्वाहीका कारण दिनप्रतिदिन कुस्ती लडाकु हराउँदै गईरहेको आखडाका गुरु समेत रहेको नरेश गिरीबाबाको भनाई छ । बालकालअवस्थादेखि नै कुस्तीगर्दै आएका गिरीले छिमेकी मुलुकमा राष्ट्रिय स्तरमा टप गर्ने खेलाडीलाई खानको लागीमात्र वार्षिक ६० लाखको खर्च सरकारले दिने गरेको कुरा सुनाए । उनले भने अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुलाई पहलवानी गर्न आवश्यक पर्ने सम्पूर्ण खर्च सरकारले नै बेहोर्ने गर्दछन् । खेलाडीको आर्थिकपाठो बलिायो बनाउन खेलाडीको क्षमता अनुसार जागिरको व्यवस्थापान समेत मिलाएको हुन्छ । तर अधिकार समपन्न स्थानीय सरकार भएपनि देशको गौरव, धार्मिक, संस्कृतिलाई उजागर गर्ने कुस्ती खेललाई एक पैसाको पनि सहयोग नगरेको देख्दा नव युवा कुस्तिबाजहरुमा निराश भएको देख्छु ।
अन्तराष्ट्रिय स्तरमा ‘गादामा’ र बन्द कवर्ड हलमा हुने कुस्ती खेललाई नेपालमा माटोमा पनि सुविधा सम्म निरन्तरता गराउन आनाकानी गरिरहेको खेलाडीहरुले दुखेसो पेखे । माटोमा कुस्ती गरेर विदेशमा जादाँ नेपाली खेलाडीहरुलाई थप चरणहरु पार गर्न अफ्ठयारो हुने गरको तितो अनुभव उनिहरुले सुनाए ।
पृथ्वीको उत्पति भएदेखि नै शुरु भएको कुस्ती खेल समयको आधुनिकताले खेल उही भएपनि समय अनुसार खेल खेल्ने तरिकामा परिवर्तन भएको छ । पहिला मारधार, तोडफोड चित नहुनजेलसम्म हारजित हुदैन्थ्यो तर अहिले पोवाईन्टको आधारमा खेल हुने गर्छन् । हाल कुस्ती खेल वीरगंजको राधेमाई, पर्साको मिर्जापुर, धोरे, रामनगरि, हाँसवा लगायतका ठाउँमा अहिले पनि आफ्नौ प्रयासमा खेलिने गरेका छन् । तराई मधेसको पर्सा जिल्लामात्र एक यस्तो एतिहासिक ठाउँ हो जस्ले जसले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट बिजय हासिल गरेर पहिलो, दोस्रो र तेस्रो तहका पुरस्कार ल्याउन सफल भएको छ । तर पनि न त स्थानीय सरकारको ध्यान छ, न त प्रदेश सरकारकै ।उनले भने मैले आफ्नो घरबाट ६० हजार लगानी गरेर काठमान्डौ कोचबाट ट्रेनिङ्ग लिएर आएको हुँ । अहिले म र गिरी बाबा समेत कोच चलाउने सक्षम भईसकेका छौँ । तर पनि हामी जति पहल गरे पनि कसैको ध्यान भने यसतर्फ पुग्न सकेको छैन । मधेशको शान, संस्कृति र परम्परालाई जगेर्ना गर्नु छ भने प्रत्येक पालिकाहरुमा कोँच बनाएर खेलाडीहरुलाई आवश्यक पर्ने डाईडको व्यवस्था मिलाई उनीहरुलाई स्थानीय स्तरमा नै उनीहरुको क्षमता अनुुसार रोजगारी दिनुपर्छ । हैन भने मधेशको शान, संस्कृति भनिने कुस्ती खेल मुखौटे कुरामा मात्रै सिमित हुने छ ।
खेलाडीले खेललाई स्थानीय निकायले उपेक्ष गरेको भनिराख्दा वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षबाट खेलकुद क्षेत्रमा ५० लाख रुपैयाँ छुट्याउने योजना बनाई खेल क्षेत्रको विकासमा जोड दिएको मेयर विजय सरावगी बताउँछन् । प्रदेश सरकार मातहत खेलकुद क्षेत्र रहे पनि यसको विकासको लागी प्रदेश र संघीय सरकारले समेत केहीगर्न नसक्दा हामीले एकलै चाहेर यसको संरक्षण, सम्बद्र्धन हुन नसकेको मेयर सरावगीको भनाइ छ । आउदो आर्थिक वर्षदेखि विभिन्न खेलहरु मध्ये कुस्ती खेललाई पनि महानगरले पहिलो प्राथमिकतामा राखिने उनको तर्क छ ।