वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले प्रेस जगतलाई बन्देज लगाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग माग गरेका छन् ।
कोरोना महामारीको अनुगमन गर्न पर्सा आईपुगेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई उनकै पार्टीका मेयर विजय सरावगीले कोरोना महामारीमा सञ्चारकर्मीले हाम्रो नकारात्मक मात्रै कुरा लेखेको भन्दै प्रदेश २ मा प्रतिबन्ध लगाउने गरी कानुन निर्माण गर्न आग्रह गरेका हुन् ।
वीरगंजको नगरशभागृहमा मुख्यमन्त्रीको टोलीसँग छलफलमा सहभागि भएका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्याय, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गगां पन्त, नेपाल पत्रकार महासंघ प्रदेश २ का सभापति दीपेन्द्र चौहान लगायत उपस्थिति रहेको छलफल कार्यक्रममा मेयर सरावगीले जनतालाई राहत बाँड्दा पनि पत्रकारले भ्रष्टाचार भनि टिप्पणी गरेकाले सेन्सरसिप आवश्यक्ता रहेको उनले जिकिर गरे ।
यस्तो छ मेयरको तानाबाना
तत्कालिन संघीय समाजवादी पार्टीबाट चुनाव जितेर मेयर भएका सरावगीले वीरगंजका सञ्चारकर्मीहरुले जथाभावी समाचार लेखिदिएको आरोप प्रायःजसो कार्यक्रममा लगाउने गरेका छन् । कोरोना महामारी चलिरहेकै बेला गण्डक हस्पिटललाई कोरोना हस्पिटल बनाउन मेयर सरावगी र नेकपाका नगर प्रमुख रहबर अन्सारी बिच भएको गोप्य सम्झौता बाहिर ल्याएको भन्दै मेयर सरावगीले उनका प्रवक्ता अनिल तिवारीलाई निकालि दिने बताएका थिए । भ्रष्टाचार सहनुभन्दा सुरक्षित रहन विकल्प रहेको भन्दै सञ्चारकर्मी अनिल तिवारी आफैले राजिनामा दिउका छन् ।
यसैबिचमा महानगरले खरिद गरेको चामल मध्ये वडा नम्बर १४ मा ३ बोरा चामल सडेको फेला परेको थियो सोहि विषयमा मेयर सरावगी आफैले पत्रकार सम्मेलन गर्दै त्यो चामल खान योग्य रहेको त्यहाँका वडा अध्यक्ष भरत राउत कुर्मीले आफैले सञ्चारकर्मीलाई बोलाएर महानगर कमिटिमा माफि मागेकाले एक पटकका लागी क्षमा दिदै राहत वितरण गर्न लगाइएको जनाएको थियो । त्यसको एकदिन नबित्दै यता वडा अध्यक्ष भरत राउत कुर्मीले महानगर कमिटिको बैठकमा आफु गएको तर माफि माग्ने कुरा कहाँबाट आएको भन्दै पत्रकार सम्मेलन गर्दै मेयर सरावगीको विरोध जनाएको थियो । मेयर आफैले सबै खरिद विक्रि गर्ने र वडा अध्यक्षले माफि माग्ने काम कहाँबाट आयो भन्दै उल्टै प्रश्न गरेका थिए ।
मेयर सरावगी बउलाउनु भएको छ राचि लग्न मुख्यमन्त्रीलाई सुझाव
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले प्रेस जगतलाई बन्देज लगाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग माग गरेपछि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले मेयर सरावगी बउलाएकाले राचि लग्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन् ।
कोरोना महामारीको अनुगमन गर्न पर्सा आईपुगेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग सञ्चारकर्मी लगायतको समस्याका लागी मुख्यमन्त्रीका पिए दिपक चौरसियाले बोलाएको सोहि कार्यक्रममा पुगेका नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले प्रेसलाई सन्सरशिप लगाउने कुरा कुनै हालतमा स्वकार्य नहुने बताए ।
आफैले भ्रष्टाचार गर्ने र भ्रष्टाचारको समाचार लेख्दैमा प्रेस जगतलाई नै सेन्सर लगाउने काम मेयर सरावगीको दिवा सपना मात्रै रहेको उनले बताए । फ्रन्टलाईनमा खटेका पत्रकारलाई सुरक्षाका समाग्रि दिने राहत लगायतमा सहयोग गर्नुपर्ने बेला उल्टै सेन्सरसिपको कुरा गर्नु मेयर सरावगी बउलाएको हुनसक्ने अध्यक्ष चौहानले बताए । घर परिवार छोडेर, कतिपय पत्रकार टोल घरछिमेकसंग दुव्र्यवहार खेपेर जनतालाई सुसुचित गर्न लागेको बेला उल्टै सेन्सरसिपको कुरा गरेर लोकतान्त्रिक शासन पद्दतिको खिल्ली उडाएको र उनलाई चाडै राचिँ लग्नुपर्ने मुख्यमन्त्री लालबाबु राउतलाई अध्यक्ष चौहानले सुझाए ।
हाल प्रदेश नम्बर २ मा ३ जना पत्रकार कोरोना संक्रमित रहेका छन् । तिनीहरु समान्यतया शुद्ध पानी खानका लागी समेत संघर्षरत रहेका छन् ।